‘गणपति’को टिजर सार्बजानिक



रंगखबर, काठमाडौँ :  मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्म गणपतिको टिजर सार्वजनिक भएको छ। केहिदिन अघि मात्रै पोस्टर सार्वजनिक गरेर प्रचार सुरु गरेको  निर्माण टिमले  टिजर सार्वजनिक गर्दै प्रचारलाई जोड दिएको हो। १ मिनेट ३७ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य कलाकारहरु मुकुन भुषाल र मेनुका प्रधानलाई केन्द्रमा देख्न सकिन्छ। फिल्मको टिजरमा भगवान र मानब बिचको अन्तरलाई देखाउन खोजेको छ।

सबिन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई हरिबहादुर घलेले छायांकन गरेका हुन्। मुकुन र मेनुकाका अलावा फिल्ममा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म यही आउदो जेठ ५ गते रिलिज हुने पक्का भएको छ।

https://youtu.be/4uGsf3oKULI

प्रतिक्रिया दिनुहोस्