‘साईकल सरर’मा बिना र राहुलको रोमान्स



रंगखबर, काठमाडौँ: ‘साइकल सरर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। अनु चौधरी र उमेश मुस्कानको आवाज रहेको गीत निकै सुमधुर बनेको छ। गीतको भिडियोमा मोडलद्वय राहुल केसी र बिना राउतको जोडीलाई देख्न सकिन्छ। भिडियोमा यी दुईको मायाप्रेम र रोमान्सलाई देखाईएको छ।

गायक मुस्कानकै शब्द/संगीत रहेको गीतमा प्रमोद कुमार भण्डारीले निर्देशन र कोरियोग्राफीको पाटो सम्हालेका छन।

के.सि.एम डिजिटलको प्रस्तुति रहेको गीतलाई रक्षा बानिँया केसी र आकास केसीले निर्माण गरेका हुन। कार्यकारी निर्मातामा राजु केसी छन। मारुनी डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीतमा देव दोर्जे लामाको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन छ । गीत  के.सि.एम डिजिटल युट्युबमा हेर्न सकिन्छ।

https://youtu.be/14SMZx2zJ1Y

 

प्रतिक्रिया दिनुहोस्