‘प्रसाद २’को बुकिङ खुल्ला



रंगखबर, काठमाडौँ: सोमबार आयोजना भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म ‘प्रसाद २’को बुकिङ खुल्ला भएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्मलाई प्रिमियरमा फिल्मीकर्मी र पत्रकारले उत्कृष्ट भनेका थिए । फिल्मको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनय, निर्देशकको निर्देशनलाई प्रिमियरमा आउने फिल्मीकर्मी र पत्रकारले उत्कृष्ट भनेका थिए ।

सुशिल पौडेलले समाजको कथालाई टिपेर फिल्म लेखेको धेरैको भनाई थियो । यही फिल्मको मंगलबार बेलुकीदेखि मल्टिप्लेक्सका हलहरुले सुखद शोज दिदै बुकिङ खुल्ला गरेका छन् ।

यस्तै, यो फिल्मलाई वीग मुभिजले ४ शोज दिएको छ । बिहान पौन ९ बजेदेखि बेलुकी पौने ६ बजेसम्म फिल्मको शोज उपलब्ध छ ।

यस्तै, वान सिनेमाज्ले फिल्मलाई कालिमाटीमा ४ शोज र नयाँ बाँनेश्वरमा ४ शोज उपलब्ध गराएको छ । फिल्मले मल्टिप्लेक्समा राम्रो शोज पाएको छ । प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया पाएको, हिट फिल्मको सिक्वेल भएका कारण पनि फिल्मले सुरुवाती व्यापार सुखद गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्