प्रविणको ‘मलाई भन्थे सबैले’ सार्वजनिक



रंगखबर, काठमाडौँ: नेपाल आइडल फेम्ड गायक प्रविण बेडवालको आवाजमा ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा  कवि मनोज सुवेदीको शब्द रचना, महेश खड्काको संगीत रहेको छ।

गीतको स्टुडियो भर्सन भिडियो रिलिज गरिएको हो। भिडियोमा गायक बेडवाल र गीतकार सुवेदी देखिएका छन्। भिडियोको निर्देशन पुजा ठकुरीले गरेकी छन् भने मुकेश हुमागाईंको छायांकन र बिनोद बमको सम्पादन रहेको छ। महाराज थापाले एरेन्ज गरेका छन् भने रमेश सेन्चुरीले अडियो मिक्सिङ्ग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्