आशिर्वाद लामो रेसको घोडा बन्न सक्लान ?



रंगखबर, काठमाडौँ: गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘नाइ नभन्नु ल ६’ले रिलिजको ४ दिन बितिसक्दा पनि राम्रो ब्यापार गर्न सकेको छैन। अभिनेत्री आँचल शर्मा र नव अभिनेता आशिर्वाद बराल क्षेत्रिको मुख्य भूमिका रहेको फिल्मले नाइ नभन्नु ल सिरिजकै कमजोर ब्यापार गरेको सावित भएको छ। जसको मुख्य कारण अहिले गीतसंगीत र कलाकारहरुको फितलो अभिनयलाई देखाउन थलिएको छ।

रिलिजको ४ दिन बितिसक्दा पनि दर्शकको साथ नपाउनु र समिक्षकहरुबाट पाएको कमजोर समिक्षाले अभिनेत्री आँचल शर्मा र नव अभिनेता आशिर्वादले घाटा वेहोर्नु परेको छ। आँचलले गरेको फितलो अभिनय अनि आशिर्वादको अन इजी भ्वाइस टोनले गर्दा यी दुईलाई घाटा भएको हो। यस अघिका सिरिजहरुमा कलाकारहरुको अभिनय अनि लोकप्रिय गीतसंगीतले दर्शकको मन जितेको थियो भने छैठौ शृंखला सम्म आइपुग्दा निर्देशक बिकाशराज आचार्य चुकेका छन।

त्यसका वावजुतपनि फिल्मका हिरो आशिर्वादको डान्स र एक्सन भने तारिफ योग्य छ। उनले गरेको डान्स र एक्सनको चर्चा अहिले सिनेवृतमा हुन थालेको छ। नेपाली फिल्म नाच्न जान्ने हिरोहरुको कमि भएकाले पनि उनको यो कलाले भविष्यमा उनले राम्रो अवसर पाउने अड्कल गर्न थलिएको छ। अब कुरा गरौ उनको एक्सनको नेपाली फिल्म नगरीमा एक्सन हिरोहरुको कमि भई रहेको बेला मेकर्सक लागि आशिर्वाद पहिलो रोजाई बन्न सक्छन। हालकी डान्स र एक्सन बलियो भएर मात्र फिल्ममा चान्स पाईन्छ भन्ने पक्कै पनि हैन। यदि आशिर्वादले आफ्नो अभिनयमा निखारता ल्याउने हो भने उनि पक्कै पनि मेकर्सको नजरमा पर्न सक्छन। सुगठित शरीरका धनि अनि अब्बल डान्स र एक्सन गर्ने आशिर्वादले अब अभिनयमा ध्यान दिने हो भने नेपाली फिल्म नगरीमा उनको भविष्य बलियो छ। उनि लामो रेसको घोडा बन्ने पक्का देखिन्छ।

प्रतिक्रिया दिनुहोस्