कमेडी क्लबमा पूजाको नाम लिदै आँचलको रोस्ट, पूजाको यस्तो आपत्ति



रंगखबर, काठमाडौँ: अभिनेत्रीद्वय पूजा शर्मा र आँचल शर्माको क्याट फाईट बारे थाहा नहुने प्राय: कोहि नै होलान। यी अभिनेत्रीहरु कुनै न कुनै किसिमले एक अर्काका परिपुरक जस्तै नै हुन। चाहे त्यहाँ दुश्मनी नै किन नहोस।

हालै मात्र अभिनेत्री आँचल शर्मा आफ्नो फिल्म ‘नाइ नभन्नु ल ६’को प्रचारकालागि हास्य ब्यङ्ग कार्यक्रम कमेडी क्लब विथ च्याम्पियनमा फिल्मका हिरो आशिर्वाद क्षेत्रिसँग पुगेकी थिईन। कन्ट्रोवर्सिमा आई रहने आँचल सो कार्यक्रममा पुग्दा कमेडियनहरुले रोस्ट नगर्ने त कुरै भएन। उनलाई सोहि कार्यक्रमका एक कमेडियन सुन्दर खनालले अभिनेत्री पूजा शर्माको नाम लिदै रोस्ट गरेका थिए। उनले ‘तपाई शोमा मात्र हैन मन्दिर पनि खासै जानु हुँदो रहेनछ नि, किन भने तपाईलाई पूजा मन पर्दैन नि त’ भन्दै रोस्ट गरेका थिए। उक्त रोस्टको जवाफमा आँचल मज्जाले हाँस्दै ताली बजाउनु थियो कि नबजाउनु भन्दै जवाफ फर्काएकि थिईन।

अब भने अभिनेत्री पूजा शर्माले सो भनाईको क्लिप आफ्नो सामाजिक संजाल फेसबुकमा सेयर गर्दै आपत्ति जनाएकी छन। क्लिप सेयर गर्दै लेख्छिन ‘फिल्मको पब्लिसिटी, फिल्मको नाम, फिल्मको हिरोको पब्लिसिटी गर्नु मेरो होईन है…’ भन्दै आपत्ति जनाएकी छन। उनले घुमाउरो तरिकाले कमेडी क्लब विथ च्याम्पियन प्रति आपत्ति जनाएपनि उनको यो भनाई अभिनेत्री आँचललाई नै लेखेको प्रष्ट देख्न सकिन्छ।

केहि समय अघि अभिनेत्री रेखा थापा, पूजा शर्मा र आँचल शर्मा एकै फिल्मबाट सहकार्य गर्ने खबरले राम्रै बजार तातेको थियो। पछि आँचलले आफुलाई स्क्रिप्ट पढ्न नदिएको भन्दै फिल्म नखेल्ने जानकारी दिएकि थिईन। तर उता रेखा थापाले भने एक अन्तर्वार्तामा आँचललाई फिल्ममा लिने कुरै भएको छैन भनेपछि उक्त कुरा हरेक समाचारका हेडलाईन बनेका थिए।

आँचलले स्क्रिप्ट नपाएको हो कि रेखा र पूजाले उनलाई फिल्मको लागि अफरनै नगरेका हुन त्यो त उनीहरुलाई नै थाहा होला।

 

प्रतिक्रिया दिनुहोस्