अर्नव बन ‘द भ्वाइस किड्स’को फिनालेमा, के बन्लान विजेता ?



रंगखबर, काठमाडौँ: आगामी हप्ता हुने ‘द भ्वाइस किड्स’को फिनालेमा बिर्तामोडका अर्नभ बनले आफ्नो स्थान सुरक्षित गरेका छन। डिजिटल अडिसन हुँदै ब्लाईन्ड, ब्याटल र लाईभ राउण्डमा आफ्नो उत्कृष्ट प्रस्तुति दिदै उनले आफुलाई फिनालेमा सुरक्षित गरेका हुन्। सयौलाई प्रतिष्पर्धामा जित्दै ८ जना प्रतिष्पर्धी फिनालेमा प्रवेश गरेका मध्ये अर्नभ बिजेताका ससक्त दावेदार हुन्।

उनि ब्लाईन्ड राउण्ड देखिनै सबैको प्रिय बनिरहेका छन। ब्लाईन्डमा कोच सुशान्तको गीत गाएर सबैको मन जितेका उनले कोच प्रविशा र कोच सुशान्तको कुर्सी घुमाउन सफल भएका थिए। सुमधुर आवाजक धनि अर्नभले अहिले कोच प्रविशाको टिमबाट आफ्ना उत्कृष्ट प्रस्तुतिहरु दिईरहेका छन।उनलाई जिताउन बिर्तामोडका विभिन्न ठाउँमा कन्सर्टपनि हुन थालेको छ। दर्शकहरुले अध्याधिक रुचाएका अर्नभफिनाले सम्म पुग्न पाउँदा आफुलाई निकै खुसी लागेको भन्दै खुसी व्यक्त गरेका छन।

आगामी हप्ता हुने फिनालेमा उनले आफ्नो कोच प्रबिशा अधिकारीसँग प्रस्तुति दिनेछन।

प्रतिक्रिया दिनुहोस्