सुप्रिम र पूजाको ‘जाम बटौली’ सार्वजनिक



रंगखबर, काठमाडौँ: द भ्वाइस किड्स नेपाल फेम्ड बाल गायक सुप्रिम मल्ल ठकुरी र गायिका पूजा देवकोटाको नयाँ गीत सार्वजनिक भएको छ।  ‘जाम बटौली’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा संगीतमा यो गीत तयार पारिएको हो । गीतको अडियो कर्णप्रिय छ ।
कोपिला खत्रीको प्रस्तुतिमा अनिल खत्रीले यो गीतको निर्माण गरेका हुन् । गीतको भिडियोलाई स्टूडियोमै तयार पारिएको छ । भिडियोमा गायिका पूजा र गायक सुप्रिम नै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्