‘द अनब्रेकेबल: अगस्त्य’मा प्रमोद अग्रहरी, रविन्द्र झा र बिजय बरालको इन्ट्री



रंगखबर, काठमाडौँ: फिल्म ‘द अनब्रेकेबल: अगस्त्य’मा अभिनेता प्रमोद अग्रहरी, रविन्द्र झा र बिजय बरालको इन्ट्री भएको छ। सोमबार निर्माण टिम र कलाकार बीच सम्झौता भएको हो। सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्ममा यस अघि सौगात मल्ल, नाजिर हुसेन र मलिका महत फाईनल भई सकेका छन।

फिल्म डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मको कथा, पटकथा तथा संवाद पनि निर्देशक सौरभकै हुनेछ। फिल्मलाई प्रकाश मल्ल र अनिश तामाङले निर्माण गर्न लागेका हुन्। भारतीय कलाकारहरुको पनि अभिनय रहने फिल्मका २ वटा शृंखलाहरु हुने जानकारी निर्माण टिमले यस अघि नै दिएको छ। दुवै शृंखलाका फाईनल स्क्रिप्ट सम्म तयार भएको फिल्मको ५० प्रतिशत छायांकन भारतमा र बाकी ५० प्रतिशत नेपालमा हुनेछ ।

May 2023
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

फिल्मका निर्माण टिमले दशैँ छेकमा ‘अगस्त्य’ लाई प्रदर्शन गर्ने योजना बनाई रहेका छन।

प्रतिक्रिया दिनुहोस्