१० लाख पारिश्रमिक लिदै दिलिपकि छोरीको ‘बरिष्ठ बलराम’मा प्रवेश



रंगखबर, काठमाडौँ: अभिनेता दिलिप रायमाझीकि छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा प्रवेश गर्ने पक्का भईसकेको छ। उनले सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘बरिष्ठ बलराम’बाट फिल्म नगरीमा डेब्यु गर्न लागेकी हुन्। हाल अमेरिकामा बस्दै आएकी दिव्या फिल्मको कागजी सम्झौता गर्नका लागि मे अन्तिम तिर नेपाल आउने भएकी छन।

रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्ममा दिव्या खगेन्द्र लामिछानेको अपोजिटमा देखिन लागेकी हुन्। दिव्याले बरिष्ठ बलरामका लागि १० लाख रुपैँया पारिश्रमिक लिन लागेकोपनि स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्