प्रताप दासको ‘प्रेमरोगी’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक भएको छ । सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्काको अभिनय रहेको गीतको भिडियोलाई देव दोर्जे लामाले खिचेका हुन्। हिराकाजी थापाको निर्देशन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी रहेको छ। बाल्यकालिन प्रेमदेखि युवावस्थाको प्रेम देखाइए गीतमा हिराकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, साहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा विन्दुप्रसाद अधिकारी र सुस्मिता रिजालको पनि अभिनय छ ।

 

May 2023
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
प्रतिक्रिया दिनुहोस्