‘ओभर द मुन’को फस्ट लुक पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ: अभिनेत्री शुभेच्छा थापाको निर्देशन रहेको सर्ट फिल्म  ‘ओभर द मुन’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार समीप निरौला र उमेश खड्का फिचर्ड छन।

युबी मिडिया इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सर्ट फिल्मले समलिंगी प्रेम कथा बोल्छ। फिल्ममा उमेश खड्काको कथा र गीत, उत्तमजंग लिम्बु रहेको छ, प्रज्जवल कार्कीको स्वर, शंकर जी विश्वकर्माको कोरियोग्राफी,बिनोद लामा खुपेन्द्र ढुङ्गेलको छायांकन, सुदर्शन खत्रीको सहायक निर्देशन, चन्द्र गुरुङको मेकअप, दिनेश चौधरीको कष्ट्युम, उज्जवल खड्काको प्रोडक्सन छ । उमेश खड्काको लगानी रहेको फिल्ममा सुरेश पुडासैनी सल्लाहकार छन् । फिल्मको डिजिटल राइट्स युबी मिडिया इन्टरटेनमेन्टसँग छ ।

फिल्ममा शुभेच्क्षा थापा, समीप निरौला, उमेश खड्का, बिम्ली सुशीला निरौला, रश्मी भट्ट, भगवान भण्डारी, सुरेश पुडासैनी, सहारा खड्का क्षेत्री, चन्द्र गुरुङ, रोशनी न्यौपाने, मन महर्जन, रेखा केसी, निकिशा श्रेष्ठ, भरत जिम्बा, गौरव हमाल, बिस्वल न्यौपाने, आकांक्षा गुरुङ र गोपाल ढुंगानाको अभिनय छ । फिल्ममा बाल कलाकारद्वय रक्षा दाहाल र रोहन भट्टराईको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्