‘ज्वाइँ साब’ निर्माण हुने



रंगखबर, काठमाडौँ: रेड आई फिल्मस्को ब्यानरमा फिल्म ‘ज्वाइँ साब’ निर्माण हुने भएको छ। निर्देशक बसन्त निरौलाको निर्देशनमा बन्ने फिल्मका निर्माण टिमले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । नेपाल, क्यानडा र अष्ट्रेलियमा छायांकन हुने फिल्म चाडैनै फ्लोरमा जाने जानकारी निर्माण टिमको छ।

सबिन अधिकारीको कथा रहने फिल्ममा शंकर धितालको पटकथा तथा संवाद रहनेछ। कमेडी र पारिवारिक कथामा निर्माण हुने फिल्ममा हालसम्म कुनै पनि कलाकारहरुलाई अनुवन्धित गरिएको छैन। निरौलाको निर्देशनमा यसअघि ‘बिजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्