‘परस्त्री’को हिन्दी डब गीतको राइट्स विक्री



रंगखबर, काठमाडौँ: यहि असार १५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘परस्त्री’ले आफ्नो प्रमोसनलाई तिव्र बनाउन थालेको छ। नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने फिल्मको हिन्दी डब गीतको राइट्स निर्माण टिमले विक्री गरेका छन। फिल्मको हिन्दी गीत राईट्स ‘बीफोरयू’ नामक भारतीय कम्पनीले किनेको हो। शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।

निर्मात्री पाण्डेका अनुसार, सिनेमाको युट्युब प्रदर्शन अधिकार भने विक्री भएको छैन । त्यसका लागि विभिन्न युट्युब कम्पनीहरुसँग कुराकानी भैरहेको उनले बताइन् । अहिले मुम्बईको एक स्टुडियोमा फिल्मको हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भैरहेको छ । भारतका प्रख्यात गायक-गायिकाहरुले सिनेमाको हिन्दी गीत गाएका छन् ।

सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको ‘परस्त्री’मा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ । शर्मिला पाण्डेले लगानी गरेको फिल्मको कथा दिपेन्द्र के खनालले लेखेका हुन।

 

प्रतिक्रिया दिनुहोस्