‘परस्त्री’को ‘होना था जो होने लगा’ हिन्दी भर्सन रिलिज



रंगखबर, काठमाडौँ: फस्टलुक पोस्टर सार्वजनिक भएसँगै एक किसिमको हाईप क्रिएट गरेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । सार्वजनिक ‘होना था जो होने लगा’ बोलको प्रेमिल गीतमा फिल्मका मुख्य पात्रहरु शिल्पा मास्के र गौरव बिष्टलाई रोमान्टिक देख्न सकिन्छ। गीतलाई बिफोरयु म्युजिक युटुवमा हेर्न सकिन्छ। सार्वजनिक गीतमा अमित मिश्र र सोनल प्रधानको आवाज रहेको छ।केके ब्रोदर्सले संगीत दिएको गीतको हिन्दी शब्द रचना विनित त्रिपाठीले गरेका हुन् ।

सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको ‘परस्त्री’मा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ । शर्मिला पाण्डेले लगानी गरेको फिल्मको कथा दिपेन्द्र के खनालले लेखेका हुन। फिल्म यहि असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्