पिता बन्ने भएपछि अर्जुनले साटे फेसबुकमा खुसी



रंगखबर,काठमाडौँ: लामो समय देखि चलचित्र तथा सुगम सङ्गितमा चर्चा र लोक प्रियताको शिखरमा रहेका सङ्गीतकार अर्जुन पोखरेल र सफल चर्चित गायिका दुर्गा  खरेल बुबा आमा बन्ने भएकाछन ।

सङ्गीतकार अर्जुन पोखरेलले आफ्नो फेसबुक इन्स्टाग्राममा  गायिका दुर्गा खरेल सङ्गको आत्मिय प्रेमील तस्बिरहरु सेयर गर्दै यो सुन्दर अनुभवको सुखद अनूभुति भनेर खुसी व्यक्त गरेका छन। नेपाली गीत संगीतमा अर्जुन र दुर्गालाई सफल र सरल सांगितिक जोडीको रुपमा हेरिन्छ ।

पोखरेल र खरेलका दर्जनौँ गीतहरु लोकप्रिय छन, र यो  जोडीको प्रेमिल  तस्विरहरु  नोर्लिङ रिसोर्टको मनोरम लोकेसनमा फोटोग्राफर महेश प्रधानले कैद गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्