समीक्षाले तोडिन आफ्नै रेकर्ड, बनिन पल जस्तै व्यस्त



रंगखबर, काठमाडौं: अभिनेता पल शाहसँगको प्रेम विवाद र स्क्यान्डलले जीवनबाट झन्डै हरेसनै खाएकी गायिका समीक्षा अधिकारीको जीवनमा नयाँ बिहानीको किरण छाएको छ। उनको जीवनमा सुनौला किरणले प्रवेश गरेसंगै करियरले यसरी यु टर्न लिएको छ कि जुन विवाद अघि अभिनेता पल शाहको थियो। गायिका समीक्षा अधिकारीसँगको विवाद अघि वा भनौ समीक्षासँग काण्डले जेल जानु अघि अभिनेता पल शाहले एक दिनमै ३ वटासम्म म्युजिक भिडियोको छायांकन गर्ने गरेका थिए। उनि जेल जीवन मुक्त भएपछि भने उनले आफैले पनि गीतको भिडियो निर्देशन नगरेका पनि हैनन्। आफ्नै प्रेम कथामा आधारित भिडियो बनाएका उनले खासै राम्रो तारिफ भने पाउँन सकेनन, बरु आधा अधुरो कथा मात्र भयो भन्दै उनको आलोचना चाहिँ धेरैले गरेका गरिरहेका छन। अहिले पनि उनको प्राय: हप्तै पिछे म्युजिक भिडियो रिलिज हुने गर्छ, तर भिडियोले भिउज भने खासै पाउन सकेको छैन।

अब भने जसरि पल शाह विवाद अघि ब्यस्त थिए त्यसरीनै गायिका समीक्षा अधिकारी विवादपछि व्यस्त हुन थालेकी छन। पल शाह जेलबाट निस्कने बित्तिकै रजतपटमा दिएको एक अन्तर्वार्ताका कारण समिक्षालाई फाईदा पुगेको छ। एक वर्षको मानशिक यातनाबाट गुज्रीएकि उनि अब भने आफ्नै पुरानो दिनमा फर्कीसकेकी छन। केहि दिन अघिमात्र एक दिनमा ४ वटा सम्म गीत रेकर्ड गराएकी उनले सोमबार एकपटक ७ वटा गीत रेकर्ड गर्दै आफ्नो पुराना सबै रेकर्डलाई तोड्न सफल भएकी छिन। बाल गायिका हुँदै नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी उनको पलसँगको विवाद नआएको भए अहिले उनि नम्बर १ गायिका बनिसक्नेमा दुईमत नै थिएन।

अभिनेता पल शाहलाई बलात्कारको मुद्धा हालेपछि सुरु भएको उनको दुर्दशा अब भने काटिन थालेको छ। सामाजिक संजालमा गाली गलौज त् समीक्षाले भन्दा अरु कसले नै खाएको होला। अझ स्टेज प्रोग्राममा ढुङ्गा प्रहार भएपछि उनि झनै मानशिक तनावमा पुगिन। तर अब समय फेरीई सकेको छ उनलाई गाली गर्ने दर्शकहरु विस्तारै उनकै पक्षमा वकालत गर्न थालिसकेका छन। विवादपछि समीक्षालाई काम दिन नखोज्ने सर्जकहरु अहिले समीक्षासँग काम गर्न पालो कुरेर बसिरहेका हुन्छन। जसरी विवाद अघि पललाई निर्माता निर्देशकहरु फिल्म वा म्युजिक भिडियोमा खेलाउन कुर्ने गर्थे।

प्रतिक्रिया दिनुहोस्