‘परस्त्री’को अफिसियल ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: फस्ट लुक पोस्टर तथा गीत सार्वजनिक गरेसंगै चर्चामा रहेको फिल्म ‘परस्त्री’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माणले टिमले ट्रेलर सार्वजनिक गरेका हुन्। सार्वजनिक २ मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य पात्रहरु शिल्पा मास्के, गौरव विष्ट र कोशिस क्षेत्रिलाई केन्द्रमा राखिएको छ।

नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने फिल्म डि. एस. डिजिटलको ब्यानर तथा सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको हो। शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथा लेखन सफल निर्देशक दिपेन्द्र के खनालले लेखेका हुन।यहि असार १५ गतेबाट प्रदर्शन हुने फिल्ममा शिल्पा, गौरव र कोशिसका अलावा अलिसा क्षेत्री, अशान्त शर्मा, गीता विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झाकेन बिसी, अर्पित न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्