यस कुमार र मेचुको ‘गाह्रो छ’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गाह्रो छ बोलको गीत सार्वजनिक भएको छ। गायक यस कुमार र गायिका मेचु धिमालको आवाज रहेको उक्त गीतमा मोडल रियाषा दाहाल र ‘भटभटे माईला’ नामले परिचित बेगम नेपालीको अभिनय देख्न सकिन्छ। रोमान्टिक फ्लेभरको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ । रियाशा र बेगम टेलिफिल्म ‘गाह्रो छ हो’मा रुचाइएका जोडी हुन् ।

गीतमा बेगम नेपालीको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ र मास्टरिङ छ । काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन र कलर, अजय रेग्मीको छायांकन, प्रशान्त मगरको सहायक निर्देशन रहेको छ। भिडियो भटभटे माइला युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्