‘मीराः स्याडो अफ अ रेन्बो’को ‘मेरो विश्वास’ सार्वजनिक



रंगखबर, काठमाडौँ:  फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘मेरो विश्वास’ बोलको रोमान्टिक गीत प्रविशा अधिकारीको आवाजले अझ मिठो बनेको छ।  गीतमा फिल्मका मुख्य पात्रहरु सुरबिना कार्की र अनिता पण्डितलाई रोमान्टिक मूडमा देख्न सकिन्छ। गीतमा एलिस कार्कीको संगीत तथा पवित्रा घिमिरेको शब्द रचना रहेको छ ।

समलिंगी महिलाको कथामा आधारित फिल्मलाई अनिता पण्डितले निर्देशन गरेकी हुन। एक बच्चालाई अटिजम समस्यालाई समाजमा देखाउन खोज्ने आमाको कथा फिल्मले बोल्छ। अनिल कटुवालको छायांकन रहेको फिल्मका निर्माता भने विशाल घिमिरे र अनिता पण्डित हुन् ।

फिल्ममा सुरबिना र अनिताका अलावा निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको पनि अभिनय छ । निर्माण टिमले फिल्मको रिलिज डेट भने अहिले सम्म घोषणा गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्