मुख्य अभिनेत्री खोज्दै ‘बाघचाल’ टिम



रंगखबर, काठमाडौँ: केहि समय अघि औपचारिक घोषणा गरिएको फिल्म बाघचालका निर्माण टिमले अडिसन सुरु गरेको छ।  हाललाई मुख्य अभिनेत्रीका लागि खुला गरिएको अडिसनमा देश तथा विदेशमा रहेका युवतीहरुले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो [email protected] तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउन सक्नेछन।

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका निर्माण टिमले यस अघि ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ । उक्त अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स(यूके)को सहकार्य हुनेछ । राजीव गुरुङ(दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने फिल्ममा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।

फिल्मको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । फिल्ममा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्