‘ओ हो नि’मा प्रभात र गरिमा बने रोमान्टिक



रंगखबर, काठमाडौँ:  गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ ।

भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् ।

भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईको सम्पादन, उत्सव दाहालको छायांकन र विकास प्रसाईको निर्देशन छ ।

भिडियो आशीष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्