‘परस्त्री’को सेन्सर रोक्दै बोर्डले दियो सिन छोट्याउने निर्देशन



रंगखबर, काठमाडौँ: शर्मिला पाण्डे निर्मित फिल्म ‘परस्त्री’ सेन्सरको झमेलामा फसेको छ। मंगलबार सेन्सर बोर्डका सदस्यहरुले फिल्म हेरेपछि फिल्ममा समावेश चुम्बनको दृश्य र बेड सिनमा बोर्ड सदस्यहरुले आपत्ति जनाउँदै दृश्य   छोट्याउन भनेपछि फिल्मको सेन्सर हुन नसकेको हो।

उता निर्माण टिमले भने फिल्मको मुल कथा नै नबुजिने गरि दृश्य काट्दा हामीले दर्शकलाई के आधारमा फिल्म देखाउने भन्दै गुनासो गरेका छन। फिल्मकि निर्मात्री शर्मिला पाण्डेले भने सेन्सर बोर्डसंग गुनासो गर्दै आफ्नो सामाजिक संजाल फेसबुक मार्फत दुखेसो पोखेकी छन, उनि भन्छिन बिदेशी चलचित्रलाई निर्बाध प्रदर्शन अनुमती दिने सेन्सर बोर्डले हाम्रो चलचित्र परस्त्रीलाई किन अनुमती दिएन ? साधाराण दृश्यलाई पनि तिलको पहाड बनाएर नेपाली चलचित्र सधै किन सेन्सरको कोपभाजनमा पर्छ सेन्सरमा बस्नेहारुले किन कथाको मर्म बुझ्दैनन्,हिन्दी र अङ्ग्रेजी चलचित्रलाई त बिना बिभेद र रोकतोक प्रदर्शन गर्न दिरहेका छन नेपाली फिल्मलाई मात्र सधै बिभेद र बल्मिच्याइ किन ?के नेपाली चलचित्र निर्माणलाई निरुत्सहित गर्न खोजिएको हो ?यस्को जवाफ कस्ले दिने ? हाम्रो चलचित्र परस्त्रीलाई किन रोकियो न्याय कस्ले दिने ?

 

अहिले सेन्सर बोर्डले दृश्य छोट्याउने निर्णय गरेपछि फिल्मको मुल कथा नै नाबुजिने गरि दृश्य छोट्याउदैनौ भन्दै फिल्मका टिमले सर्टिफिकेट लिन मानिरहेको छैन। सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको फिल्मका निर्माण टिम अहिले भारत प्रमोसन तथा प्रिमियरको तयानी गर्न शुक्रबार मुम्बई जाँदैछ।

प्रतिक्रिया दिनुहोस्