सेन्सर बोर्डले थमायो ‘परस्त्री’ टिमलाई पीजी सर्टिफिकेट



रंगखबर, काठमाडौँ: अन्तत फिल्म ‘परस्त्री’ टिम र सेन्सर बोर्डको लफडा सकिएको छ। केहि दिन देखि परस्त्री टिमलाई सेन्सर बोर्डले फिल्ममा समावेश बेडसिन, चुम्बन तथा हिंसाको दृश्य हटाउन आदेश दिएपछि निर्माण टिमले दृश्य काट्न अनकनाए पछि फिल्मको सेन्सर पास नभएकाले बोर्डसँग लफडा सुरु भएको थियो। अब भने फिल्मका टिमले  दृश्यहरु काँटछाट गरेपछि बोर्डले  टिमलाई पीजी सर्टिफिकेट थमाएको हो। अब भने शिल्पा मास्के, गौरव बिष्ट र कोशिष क्षेत्रीको मुख्य भूमिका रहेको फिल्मलाई १६ बर्ष मुनिका बालबालिकाले आमाबाबुको साथमा फिल्म हेर्न सक्नेछन।

असार १५ गतेबाट प्रदर्शन हुने फिल्म नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुदैछ।  फिल्म डि. एस. डिजिटलको ब्यानर तथा सुरज पाण्डेको डेब्यु निर्देशनमा बनेको हो। शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथा लेखन सफल निर्देशक दिपेन्द्र के खनालले लेखेका हुन। फिल्ममा शिल्पा मास्के, गौरव बिष्ट र कोशिस क्षेत्रीका अलावा अलिसा क्षेत्री, अशान्त शर्मा, गीता विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झाकेन बिसी, अर्पित न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्