‘जय हो’को टिजरमा पिडामा सलोन र केकी



रंगखबर, काठमाडौँ:  फिल्म ‘जय हो’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। यस अघि पोस्टर सार्वजनिक गर्दै   चर्चामा रहेको फिल्मका निर्माण शुक्रबार फिल्मको टिजर सार्वजनिक गर्दै प्रमोसन सुरु गरेको हो। सार्वजनिक १ मिनेट १४ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङलाई देखन सकिन्छ। टिजरमा अभिनेत्री केकी अधिकारीले आफ्नो मनको पिडा सुनाई रहेको आभास हुन्छ, लाग्छ उनि जीवन देखि हार खाई रहेकी छन। टिजरलाई ओएसआर डिजिटल युटुव च्यानलबाट रिलिज गरिएको हो।

आगामी भदौ ८ गते रिलिज डेट लक गरेर बसेको फिल्मलाई निर्देशक शोभित बस्नेतले बनाएका हुन्। कास्की र मुस्ताङको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स छ, भने केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मका भने  टेकपौरखी राई हुन्। फिल्ममा सलोन बस्नेत, अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङका साथै प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्