‘हात्तीछाप’को विदेश राइट्स बिक्री



रंगखबर, काठमाडौँ: किरण नेपालीले निर्माण गर्ने फिल्म हात्तीछापको विदेश राइट्स बिक्री भएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार अहिले फिल्मको अष्ट्रेलिया र न्युजल्याण्ड राइट्स बिक्रि भएको हो। उक्त कुराको जानकारी फिल्मका निर्माता किरण नेपालीले दिएका हुन्।  उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै विदेश राइट्स बिक्रि भएको जानकारी दिए।

सिमोस सुनुवारले निर्देशन गर्ने फिल्मको अहिले प्रि-प्रोडक्सनको काम भईरहेको छ। रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म यति बेला स्टारकास्टका कारण चर्चित बनिरहेको छ।  फिल्ममा  दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकास घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुस्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाललगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछन। फिल्म नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने जानकारी निर्माण टिमको छ। निर्माण टिमले फिल्मको छायांकन असार २५ गतेबाट सुरु गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्