मुम्बईका नेपाली र मिडियाहरुसँग ‘परस्त्री’ टिमको भेटघाट



रंगखबर, काठमाडौँ: शर्मिला पाण्डे निर्मित फिल्म परस्त्री टिम अहिले प्रमोसनको लागि मुम्बई पुगेको छ। नेपाल प्रमोसन सकेर मुम्बई पुगेको टिम मुम्बई प्रिमियरको तयारीमा जुटीसकेको छ। निर्मात्री पाण्डेसहित निर्देशक सुरज पाण्डे तथा फिल्मका कलाकारहरु अहिले मुम्बईका नेपाली माझ फिल्मको प्रचार गर्न व्यस्त छन।  आइतबार निर्माण टिमको मुम्बईमा संयुक्त नेपाली महासंघ मुम्बई भारतले परस्त्री निर्माण टिमलाई एक कार्यक्रमका बीच सम्मान तथा सत्कार गरेको छ ।

आइतबार नै फिल्मका निर्माण टिमले मुम्बईमा पत्रकार सम्मेलन गर्दै फिल्मको कथावस्तु र भारत प्रदर्शनको उद्देश्य बारेमा अन्तरक्रिया समेत गरेको थियो । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । दीपेन्द्र के खनाल लिखित फिल्मलाई  जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्