सम्भव र शृङ्खलाको इन्गेजमेन्ट भएको हो ? देउरानीले ढोग्दा दिइन आशीर्वाद



रंगखबर, काठमाडौँ: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियाका पुत्र सम्भव सिरोहिया र पुर्व मिस नेपाल शृङ्खला खतिवडा बिच प्रेमको चर्चा बारे यति बेला जो कोहिपनि जानकार छन्।  हल्ला त् यी दुईले इन्गेजमेन्ट सम्म गरेको चलिरहेको छ। यही बिचमा सम्भव र शृङ्खलाको अर्को रोचक कुरा बाहिरिएको छ। अध्ययनका लागि अमेरिका बस्दै आएकी शृङ्खला  कहिदिन अघि मात्र नेपाल आएकी थिइन।

अहिले सम्भव र शृङ्खलाको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छन्। त्यो हो कैलाश सिराेहियाका कान्छा सुपुत्र अनुभव सिरोहियाको इन्गेजमेन्टमा सिरोहिया परिवारसँगको पारिवारिक तस्बिर जहाँ उनी सम्भवसँगै देखिएकी छन्। रोचक त के छ भने एक तस्बिरमा सम्भवका भाइकी हुनेवाला दुलही मयंका राणाले शृंखलालाई ढोगेको देख्न सकिन्छ। तस्बिरमा शृङ्खलाले मयंकालाई आशिर्वाद दिएको पनि देखिन्छ। उक्त तस्बिरबाट सम्भव र शृङ्खलाको इन्गेजमेन्ट भई सकेको अड्कल सबैले गर्न सक्छन।

प्रतिक्रिया दिनुहोस्