निश्चलको ‘दिमाग खराब’ ३६ दिनमा सकियो



रंगखबर, काठमाडौँ:  निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’को छायांकन सकेका छन। उनले फिल्मको सम्पूर्ण छायांकन ३६ दिन लगाएर सकेका हुन्। सामाजिक सञ्जाल फेसबुक मार्फत दिमाग खराब टिमलाई धन्यवाद दिदै छायांकन सकिएको जानकारी दिएका हुन्।

सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल सिनेमा क्याम्पसमा फिल्मको अन्तिम सिन खिच्दै बस्नेतले इण्ड क्ल्याप गरेका थिए। ४० दिने सेड्युल लिएर छायांकनमा उत्रिएका बस्नेतले ४ दिन अघिनै फिल्मको छायांकन सकेका हुन्।

June 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930  

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको फिल्मको  थिम पिपुल भर्सेस पावर (जनता विरुद्ध शक्ति ) रहेको छ। फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, बिजय बराल लगायतका कलाकारको अभिनय रहनेछ । यसै फिल्मबाट स्वस्तिमाले  पहिलो पटक निश्चलले निर्देशन गरेको फिल्ममा सहकार्य गर्ने गरेकी हुन्।

कार्तिक २४ गतेलाई रिलिज डेट तोकेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुने भने फिल्मका कार्यकारी निर्माता भने सुरज बम ठकुरी रहेका छन।

 

प्रतिक्रिया दिनुहोस्