‘मेरो संसार’मा निलम र सुदितको रोमान्स



रंगखबर,काठमाडौँ: गायक प्रताप दासले गायिका रानी शाक्यसँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मेरो संसार’ बोलको गीतमा विना भट्टराइको शब्दमा तथा मिन गुरुङको संगीत छ ।

गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा सुदित श्रेष्ठ र निलम चन्दले अभिनय गरेका छन् । यी दुबै मोडल कल कान्तिपुरमा काम गर्दै मोडलिङमा उदाएका हुन् । सुदित श्रेष्ठले नै निर्देशन गरेको भिडियोमा राजिभ समरको कोरियोग्राफी, लुजा सिंहको छायांकन छ । प्रताप र रानीले तेश्रो पटक गायनमा सहकार्य गरेका हुन् । यसअघि यी दुइको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्