‘लुङा’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: सामाजिक कथामा आधारित फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक २ मिनेट ७ सेकेन्ड लामो ट्रेलरलाई ओएसआर डिजिटल युटुवबाट सार्वजनिक गरिएको हो। ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राईलाई केन्द्रमा रखिएको छ।  ट्रेलरमा भुवन सिंह राई र  सारा लोहोरुङ राईको माया प्रेमलाई देख्न सकिन्छ।

साउन ५ गतेबाट देश्बह्र प्रदर्शन हुनलागेको फिल्मलाई किरण राईले निर्देशन गरेका हुन्। भुमिसा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई ज्योतिराज राईले निर्माण गरेका हुन्। फिल्ममा सञ्जीव राई निर्माता, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टि.आर साम्सोहाङ सह-निर्माता रहेका छन्।

फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई अलावा भीम सेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ। भुवन सिंह राईको कथा रहेको फिल्ममा भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाको पटकथा तथा संवाद रहेको छ। फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र मोफसलमा एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्