‘माया केही त बोलन’मा शिल्पा र राजको प्रेम कहानी



रंगखबर, काठमाडौँ: गीतसंगीतमा नयाँ नयाँ उत्कृष्ट सिर्जनाको माध्यमबाट दर्शकको मन जितिरहेका गायक तथा संगीतकार बाबुल गिरीले फेरि अर्को कर्णप्रिय गीत सार्वजनिक गरेका छन् । बाबुलकै युट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया केही त बोलन’ सार्वजनिक गरिएको हो ।

यो गीतमा बाबुलको स्वर तथा संगीत, ध्रुब कटुवालको शब्द छ । गीतका शब्दहरु निकै नै कर्णप्रिय छन् । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा माइकलले मोडल राज कटुवाल र नायिका शिल्पा पोखरेललाई फिचरिङ गरेका छन् ।

असारको महिनामा धानको बिउ रोप्ने समयमा माइकलले सोही परिवेशलाई भिडियोमा उतारेका छन् । भिडियोलाई धु्रव न्यौपानेले निर्माण गरेका हुन् । भिडियोमा नवराज उप्रेतिको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

माइकल स्टेप अप डान्स एन्ड एकेडेमीको कोरियोग्राफीमा तयार भएको भिडियोले ‘मेसो मिलाएर’ जस्तै चर्चा पाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्