‘हात्तीछाप’को सेटबाट सौगात मल्लको लुक्स बाहिरियो



रंगखबर, काठमाडौँ: असार २४ गतेबाट छायांकन प्रारम्भ भएको फिल्म ‘हात्तीछाप’को सेटबाट नायक सौगात मल्लको लुक्स बाहिरिएको छ । सौगातको लुक्स बाहिरिएसँगै फिल्मप्रति आम मानिसको कौतुहलता र उत्साह अझै बढ्ने देखिन्छ ।

सौगात मल्लको लुक्स राजाको छ । राजाको गेटअपमा देखिएका सौगातको लुक्सले फिल्मको कथा के हो भन्ने अनुमान लगाउन आम मानिसहरुलाई अझै गाह्रो पर्ने देखिन्छ । किनकी, सौगातले फिल्ममा राजाको भूमिकामा काम गर्दै गर्दा फिल्मको पहिलो दिनमा अर्का नायक दयाहाङ राई ग्यारेजमा भेटिएका थिए ।

July 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

निर्माता किरण नेपालीका अनुसार फिल्मको सेटमा नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी आजबाट जोडिएका छन् । फिल्मको पहिलो दिन नायक दयाहाङ राई र कलाकार कमलमणी नेपालले टेक दिएका थिए ।

प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरिरहेका छन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन छ । सामाजिक कथावस्तुमा बनिरहेको यो फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिचिनेछ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्