‘जय हो’को ‘जोमसोमको डाँडैमा’सार्वजनिक



रंगखबर, काठमाडौँ: शोभित बस्नेतकको प्रस्तुतीमा निर्माण भएकको फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा समाबेश ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो पक्ष बबाल लाग्छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । टेक पौरखी राईको निर्देशन निर्माण भएको फिल्ममा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट फिल्म प्रदर्शनमा आउनेछ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको सार्वजनिक पोस्टरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । पोस्टरले दर्शकमाझ बढाएको कौतुहल्ता सार्वजनिक टिजरले अझै बढाएको विश्वास निर्माण टिमलाई छ । फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्