‘अदृश्य’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ: साउन १९ गतेबाट प्रदर्शन हुने फिल्म ‘अदृश्य’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। मर्डर मिस्ट्रीमा आधारित फिल्मको ट्रेलरमा फिल्मका मुख्य पात्रहरु प्रमोद अग्रहरी, रिश्ता बस्नेत र सोहित मानन्धरलाई केन्द्रमा रखिएको छ। २ मिनेट २३ सेकेन्ड लामो फिल्मको ट्रेलरमा एक हत्याराको खोजि गर्न प्रहरीले गरेको संघर्षलाई देख्न सकिन्छ। फिल्मलाई प्रल्हाद काफ्लेले निर्माण तथा निर्देशन गरेका हुन्।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सिमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । मिना बस्नेत निर्माता र सिएम भारद्धाज सुवेदी सह निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्