‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ: दिपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को अफिसियल टिजर सार्वजनिक भएको छ।  केही दिन फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चर्चामा रहेको फिल्मको अब भने निर्माण टिमले प्रचार स्वरूप टिजर सार्वजनिक गरेको हो। २ मिनेट ४६ सेकेन्ड लामो टिजरमा राजनीतिक परिवेशलाई उठाइएको छ।
भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ ।

भदौ २९ गतेबाट प्रदर्शन हुने फिल्म जय श्रेष्ठको लगानीमा तयार भएको हो। फिल्मको प्रस्तुतकर्ता भने हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायाङ्कन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी छ। फिल्मलाई निर्देशक दिपेन्द्र स्वयमले लेखेका हुन्।

फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणि नेपाल, रवीन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शङ्कर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्