तीज गीत ‘फलफुल मिठो’ सार्वजनिक



रंगखबर, काठमाडौँ: पूर्व संविधान सभा सदस्य दीपक प्रसाद कुइँकेलको प्रमुख आतिथ्यमा ‘फलफुल मिठो’ बोलको तिज गीत सार्वजनिक भएको छ।

एकल महिला तथा समाजसेवी कमला थापाले उक्त गीतलाई आवाज दिएकी हुन्। कमलाले उक्त गीत मार्फत तिजको वेदनासँगै चेलीबेटीले तिज गीतमा पोख्ने भावनाहरू समेटेकी छन् | कमला एकल महिला भएर पनि आफूले समाजको सहायताबाट यो गीत बजारमा निकाल्न पाएकोमा खुसी छन्। उनलाई एकल महिला भएता पनि पुरै समाजको साथ रहेको छ । कमलाको यो पहिलो सॉगोतिक कोसेली हो, यसमा भएका कमीकमजोरीलाई आगामी कसेलीमा सुधार गर्नेमा उहॉ ढुक्क हुनहुन्छ। जसमा उनलाई ऑट र हिम्मतको प्रशंसा गर्नेहरूमा कान्छु भण्डारी समाजसेवी त्यसैगरी कलाकार गौतम खाती र चर्चित गीतकार गोविन्द कुइँकेल रहेका छन्।

उक्त गितमा सङ्गीत डीबी लामा , एरेन्ज पुष्कर सुनुवार , रेकड़िक्स विप्लव आधिकारी ,स्टुडियो मेलोडी नेपाल , क्यामरा दिनेश खड्का , एडिट दिनेश खड्का \ गणेश खड्का को रहेको छ। गीत आर आर स्टुडियो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने गीत का निर्देशक गणेश खड्का हुन्।

प्रतिक्रिया दिनुहोस्