दक्षिण भारतीय फिल्म ‘धुमम्’को नेपाल रिलिज कर्न्फम



रंगखबर, काठमाडौँ: दक्षिण भारतीय फिल्म ‘धुमम्’को नेपाल रिलिज कर्न्फम भएको छ । फिल्मको नेपाल प्रदर्शन अधिकार सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले किनेको हो । फहाद फासिलको मुख्य भुमिका रहेको फिल्म आगामी शुक्रबारबाट नेपाली हलमा रिलिज हुनेछ ।

भारतमा गत जुन २३ मा मल्यालम र कन्नडा भाषामा मात्रै रिलिज भएको फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । बक्कअफिसमा भने फिल्म औषत मात्रै चलेको थियो । भारतमा फिल्मको मल्यालम र कन्नडा बाहेक तमिल, तेलुगु र हिन्दी डब भने सिधै ओटिटी प्लेटर्फममा मात्रै रिलिज हुनेछ ।

पवन कुमारको निर्देशनमा निर्माण भएको ‘धुमम्’लाई दक्षिण भारतको चर्चित फिल्म निर्माण कम्पनी होम्बले फिल्मस्ले निर्माण गरेको हो । यो व्यानरले यसअघि केजिएफ र केजिएफ २ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ । यही व्यानरले निर्माण गरेको प्रतिक्षित फिल्म सलार प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्