‘माइत जाने हो’ सार्वजनिक



रंगखबर काठमाडौं: तीज नजिकिदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ ।

निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा बिष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको छ । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ।

विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले रुचाएका छन्। सुबोध पुर्बी नेपाल फिक्कलका मेडिकल ब्यबसायि (एपेक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टीक जडिबुटी काठमाण्डौं का संचालक समेत हुन् । प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्