कर्णराज गिरीको ‘लुकी लुकी’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा नयाँ गीत ‘लुकी लुकी’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा दीपक प्रसाद ओलीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीत डान्सिङ नम्बर भएता पनि पूर्ण रुपमा रोमान्टिक रहेको गायक कर्णले बताए । उनले भने,’फेस्टिभलको माहोल आइरहेकाले हामीले रोमान्टिक गीतलाई त्यहि शैलीमा तयार गरेका हौँ । यसमा हामीले लुकेर लगाएको मायालाई देखाएका छौँ ।’ उनले अहिलेको पुस्तालाई पचासको दशकको माया प्रेम रमाइलो लाग्ने बताए । गीतको भिडियोमा पल शाह र इभा गिरी फिचर्ड छन् । यी दुईको जोडी गीत अनुसार सुहाएको प्रतिक्रिया कमेन्टमा प्राप्त भईरहेको छ । गीतसंगीतकै आकर्षणले भिडियोमा जोडिएको पलले बताए । भिडियोमा विक्रम चौहानको निर्देशन र नृत्य निर्देशन रहेको छ । यसमा पवन सुस्लिङ्गको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर करेक्सन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्