राजेशपायल राईको ‘जानु ए जानु’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन् ।

नवनारी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको भिडियोमा आभा र बद्रीलाई रोमान्टिक भावमा देखाइएको छ । निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र सुवास तिमिल्सिनाको मेकअप छ । संगीतकार विनोदका यसअघि ‘रात पनि दिन हुन्थ्यो’, ‘तिम्रा हजार गल्ती’, ‘औला गन्दैछु’, ‘बाटोमा हिँड्दा देखेको उनीलाई’लगायतका गीत चलेका गीतमा पर्छन् । उनका झण्डै ३० गीत युट्युबमा रिलिज भइसकेका छन् । उनले स्वदेश गान तथा भजन गीतमा पनि स्वर दिएका छन् । उनले ‘जानु ए जानु’ गीत चार वर्षपछि बजारमा ल्याएका हुन् ।

August 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

प्रतिक्रिया दिनुहोस्