‘घर ज्वाँई’ बन्ने, दयाहाङ र मिरुना मुख्य भूमिकामा देखिने



रंगखबर, काठमाडौँ: फिल्म ‘घर ज्वाँई’ बन्ने भएको छ। आइतबार निर्माणले फिल्म बारे आधिकारिक जानकारी दिदै फिल्मको घोषणा गरेको हो।  जी. एम. प्रोडक्सन प्रा लिको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई अनिल बुढामगरले निर्देशन गर्ने भएका छन।

जनक घर्ति मगरको लगानीमा बन्न लागेको फिल्ममा दयाहाङ राई , मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज थापा काउचा लगायतका कलाकारहरु मुख्य भूमिकामा देखिदै छन। पूर्वी रुकुममा छायांकन हुने फिल्म आउँदो माघको दोश्रो साताबाट फ्लोरमा जानेछन।  फिल्मलाई रोहित / रत्न ( आर आर फिल्म्स)ले वितरणको जिम्मा लिने भएको छ। फिल्मको संचार संयोजनको जिम्म भने दिलासा क्रिएसन प्रालिले गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्