‘पशुपति प्रसाद २ः भष्मे डन’को पावरफुल फस्ट लुक पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ: बर्षकै प्रतिक्षित फिल्म  ‘पशुपति प्रसाद २ः भष्मे डन’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दीपेन्द्र के खनाल निर्देशित फिल्मको २ छुट्टाछुट्टै पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रमोसन सुरु गरेको हो। पात्रहरुको गेटअप सहित  सार्वजनिक भएको दुवै पोस्टर आकर्षित छन। पहिलो पोस्टरमा फिल्मका मुख्य पात्रहरू  अभिनेता सौगात मल्ल, अभिनेत्री स्वस्तिमा खड्का, माओत्से गुरुङ, रवीन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगर, प्रकाश दाहाल, विभू पौडेललाई देख्न सकिन्छ।  जहाँ अभिनेत्री स्वस्तिमा खड्कालाई माता दुर्गाको अवतारमा देख्न सकिन्छ। त्यसै गरी दोस्रो पोस्टरमा भने फिल्मका मुख्य पात्र विपिन कार्की मात्र फिचर्ड छन्। सार्वजनिक पोस्टरले आम दर्शक माझ कौतुहलता पैदा गर्न थालिसकेको छ।

टुकी आर्ट्सको ब्यानर तथा खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको फिल्म आगामी दसैँबाट प्रदर्शन हुनेछ।फिल्ममा नीरज कँडेलको डीओपी, कृष्ण बहादुर थापाको सम्पादन, बनिष शाहको सम्पादन, कृष्ण भारद्वाज र किरण भुसालको सङ्गीत, प्रवीण सिंहको नृत्य निर्देशन, शङ्कर पाण्डेको प्रोडक्शन डिजाइनिङ छ ।

प्रतिक्रिया दिनुहोस्