‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक



रंगखबर, काठमाडौँ: केही दिन अघि टिजर सार्वजनिक गरेर चर्चामा रहेको फिल्म ‘एक भगवत् गीता’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।  टिजर सार्वजनिक गर्दै प्रमोसनलाई जोड दिएको फिल्मका निर्माण टिमले फस्ट लुक पोस्टर सार्वजनिक गरेसँगै प्रचारलाई अझ तीव्र बनाएका हुन्। सार्वजनिक तिन पोस्टरमा फिल्मका मुख्य पात्रहरू विपिन कार्की, सुहाना थापा, धिरज मगर र बाल कलाकारलाई केन्द्रमा राखिएको छ।

पोस्टरमा विपिन कार्कीलाई ट्रान्सजेन्डर महिलाको अवतारमा देख्न सकिन्छ भने सुहाना थापालाई मधेसी समुदायको प्रतिनिधित्व गरेकी छन्।  त्यसै गरी अभिनेता धिरज मगर भने गुरुङ पोसाकमा देखिएका छन्।

एक पोस्टरमा सुहाना र धिरज रोमान्टिक पनि बनेका छन्। पोस्टर सार्वजनीक  भएसँगै फिल्मलाई लिएर आम दर्शक माझ एक किसिमको उत्सुकता देखिएको छ।

सुहाना थापाको कन्सेप्टमा अभिनेत्री तथा निर्मात्री झरना थापाको निर्देशनमा बनेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सुहाना थापा र धिरज मगरका अलावा कबिर खड्का जेविए एण्ड जेभिन श्रेष्ठ, सन्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय छ ।

भदौ २९ गतेबाट देशभर एकसाथ प्रदर्शन हुन लागेको फिल्मको छायाङ्कन जनकपुर र पोखरा आसपासका क्षेत्रमा गरिएको हो। फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व एवं राजेश श्रेष्ठको छायाङ्कन रहेको छ।

प्रतिक्रिया दिनुहोस्