‘गणपति’को ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सार्वजनिक



रंगखबर, काठमाडौँ: यहिँ भाद्र १४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘गणपति’को ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सार्वजनिक भएको छ। गीतमा बाबुल गिरीको स्वर र संगीत अनि शंकर अधिकारी ‘घायल’ को शब्द रहेको छ। गीतमा अहिलेसम्म करिब सवा एक लाख टिकटक बनीसकेका छन ।केही दिन अघि सार्वजनीक फिल्मको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश गरिएको थियो । त्यसबाट नै यो गीत दर्शकको प्रतिक्षामा पर्न गएको हो ।

दर्शकले पूरा गीतको माग गरेकाले लिरिकल रुपमा ‘उनभित्र गुण’ सार्वजनीक गरिएको जानकारी निर्देशक सविन अधिकारीले दिएका छन् । फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल र निर्माता लक्ष्मण रिजाल हुन् । सेभेन सिज इन्टरटेन्मेन्टले ले ओभरसिज, एफडि र श्रीराम बालाजी फिल्मस्ले नेपाल भरका हलमा बितरण गर्न लागेको फिल्म मिडिल इस्ट,न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा भने १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भएको छ ।

निर्देशक सबिनकै लेखन रहेको फिल्ममा मुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व.जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे,पुस्कर गुरुङ,अंशु मानन्धर,कविता न्यौपाने,देवेन्द्र बब्लु तथा कालु रानाको अभिनय छ । रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको कार्यकारी निर्मातामा बिज्ञान केसी र अर्बिन्द्र गिरी र सहनिर्मातामा चर्चित फिल्म एडिटर बनिष शाह छन् । शंकर अधिकारी घायल,देबेन्द्र बब्बु,बाबुल गिरी,अनिश अधिकारी र सबिन अधिकारीको शब्द अनि बाबुल गिरी र बिशाल निरौलाको संगीत रहेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी,बिपीन मल्लको सम्पादन अनि हरि घले लामाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्