‘पशुपति प्रसाद २ : भष्मे डन’को ‘दुई चुल्ठी बाटन’ सार्वजनिक



रंगखबर, काठमाडौँ: बर्षकै प्रतिक्षित बनिरहेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘दुई चुल्ठी बाटन’ बोल रहेको उक्त गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता बिपिन कार्की फिचर्ड छन। निशान भट्टराई र मेलिना राईको आवाज रहेको उक्त गीतमा शब्द बि. पाण्डे र संगीत सुबास भुसालले भरेका छन।  प्रविन सिंहको कोरियोग्राफी रहेको उक्त गीतमा बिपिन र आँचलको नोक झोक देख्न सकिन्छ। आँचलको फिल्ममा भने केमियो मात्र छ।

टुकी आर्ट्सको ब्यानर तथा खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको फिल्मलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन्।  फिल्ममा नीरज कँडेलको डीओपी, कृष्ण बहादुर थापाको सम्पादन, बनिष शाहको सम्पादन, कृष्ण भारद्वाज र किरण भुसालको सङ्गीत, प्रवीण सिंहको नृत्य निर्देशन, शङ्कर पाण्डेको प्रोडक्शन डिजाइनिङ छ ।

फिल्ममा अभिनेता बिपिन कार्कीसंगै स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि मुख्य भूमिका रहेको छ।
फिल्ममा केमियो भूमिकामा अभिनेता निश्चल बस्नेत र अभिनेत्री आँचल शर्मापनि देख्न सकिन्छ। फिल्म नेपालीहरुको महान चाड बडादशैँबाट अल नेपाल रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्