‘नाङ्गो गाउँ’को ‘सुन सुन सुन्दरी’मा पर्फेक्ट देखिए दयाहाङ र मिरुना



रंगखबर, काठमाडौँ: आगामी भदौ २९ गतेबाट रिलिज हुने फिल्म ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक भएको छ । गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ ।
गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका मिरुना मगर फिचर्ड छन् । यसअघि फिल्ममा समावेश एक गीत सार्वजनिक भैसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ निकै रुचाइएको छ ।

September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930

 

यो गीत चित्लाङमा छायांकन गरिएको हो । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ ।

यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस्