‘दिमाग खराब’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ: आउँदो तिहारलाई रिलिज मिति तय गरेको फिल्म ‘दिमाग खराब’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। निश्चल बस्नेत निर्देशित फिल्मको टिजरमा मुख्य पात्रहरु केन्द्रमा रहेका छन। सार्वजनिक १ मिनेट १० सेकेन्ड लामो टिजरमा शासन गर्ने शासक र भरोशा गर्ने आम मानिस बीचको द्वन्द देख्न सकिन्छ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको फिल्मको  थिम पिपुल भर्सेस पावर (जनता विरुद्ध शक्ति ) रहेको छ। फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको छ । यसै फिल्मबाट स्वस्तिमाले  पहिलो पटक निश्चलले निर्देशन गरेको फिल्ममा सहकार्य गरेकी हुन्।

फिल्मलाई सुशन प्रजापतिले खिचेका हुने भने फिल्मका कार्यकारी निर्माता भने सुरज बम ठकुरी रहेका छन।

प्रतिक्रिया दिनुहोस्