‘एक भगवत र एक गीता’ र ‘नाङ्गो गाउँ’ रिलिज, कसले मर्ला बाजी ?



रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट दुई ठुला नेपाली फिल्महरु ‘एक भगवत र एक गीता’ र ‘नाङ्गो गाउँ’ एक साथ प्रदर्शनमा आएको छ। झरना थापा निर्देशित ‘एक भगवत र एक गीता’ र दिपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’ दुवै सामाजिक कथाबस्तुमा आधारित भएपनि दुवैको कथा भने छुट्टै रहेको छ। ‘एक भगवत र एक गीता’ले लैंगिक तथा अल्पसंख्यकहरुको कथा बोलचा भने ‘नाङ्गो गाउँ’ले राजनीतिक कथा बोल्छ।

सुहाना थापाको कन्सेप्टमा बनेको फिल्म ‘एक भगवत र एक गीता’लाई सुनिलकुमार थापाले निर्माण गरेका हुन्। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्का जेविए एण्ड जेभिन श्रेष्ठ, सन्जोग रसाइली लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्ममा झरना थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको छ। परिच्छेद सेन र पुरुषोत्तमले ढंगेलले फिल्मको संवाद लेखेका हुन्।

फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष् अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको सङ्गीत तथा शङ्कर अधिकारी घायलको शब्द रचना रहेको छ ।

त्यसै गरि हिमाल कडरिया प्रस्तुतकर्ता रहेको यो ‘नाङ्गो गाउँ’मा जय श्रेष्ठको लगानी छ भने फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

फिल्ममा आलोक शुक्लाको डीओपी, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, सुशान्त गौतम र दीपक शर्माको संगीत छ ।

फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्