‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त



रंगखबर, काठमाडौँ: फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त गरिएको छ।

रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने फिल्मको शनिबार बिहान भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।

फिल्मको शुभ-मुहूर्त समारोहमा निर्देशक गुरुङसहित फिल्मका मुख्य कलाकारहरु दयाहाङ र आँचलका साथै  विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए ।

फिल्मको छायांकन आगामी शुक्रबार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा हुनेछ । दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित हुनेछ ।

आगामी वर्ष २०८१को नयाँ वर्षलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्